काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित बैंकको प्रवक्ता चुनिएका छन् । मिति २०८२ जेठ २१ देखि लागू हुने गरी उनी बैंकको प्रवक्ता चुनिएका हुन् ।
२०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।