काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ६५ पैसा र बिक्री दर १३७ रुपैयाँ २५ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५५ रुपैयाँ ६० पैसा र बिक्री दर १५६ रुपैयाँ २३ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १८४ रुपैयाँ ४२ पैसा र बिक्री दर १८५ रुपैयाँ २३ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४९ पैसा र बिक्री दर ३७ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: