काठमाडौँ। अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकहरूले विधि पुर्याउने नाममा ऋणीलाई दु:ख दिने गरेको आरोप लगाएका छन् ।
उनले बैंकहरूमा ठूलो तरलता थुप्रिएको हुँदा कर्जा प्रक्रिया सहज बनाउनुपर्नेमा जोड दिएका छन् । चालिसेले साना उद्योगीलाई प्राथमिकतामा राखेर कर्जा दिने वातावरण बनाउनुपर्ने र नेपालमा प्रमाणपत्रको आधारमा पनि ऋण दिने प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताए।
साथै, उनले ब्याजदर ७ प्रतिशतमा झरेपनि बैंकहरूले पैसा लिन नजान्नु चिन्ताजनक भएको उल्लेख गरेका छन्।