काठमाडौँ। १० महिनामा ११ हजार बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । नेपालभर पछिल्लो १० महिनामा ११ हजार ४८ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका हुन्।
प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार बैंकिङ कसुरका मुद्दामात्रै ११ हजार ४८ दर्ता भएका छन्।
जसमध्ये सबैभन्दा धेरै मुद्दा चेक बाउन्सका रहेका छन्।