राष्ट्र बैंकको गभर्नर पौडेललाई बनाउने सहमति

काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त हुने सम्भावना देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेपछि पौडेल गभर्नर हुने सम्भावना देखिएको हो।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बोलाएका छन्। अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आज (मंगलबार) अपराह्न ४ बजेपछि बोलाएका हुन् ।

यो बैठकमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. विश्वनाथ पौडेल सदस्य रहेका छन्। समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्नेछ। जसमा डेपुटी गभर्नरको नाम अनिवार्य रूपमा समावेश हुनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्