PRABHU BANK

बैंकिङ कसूरमा फरार रहेका प्रतिवादी कृष्णलाल ढोला प्रहरीको फन्दामा

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कृष्णलाल ढोला पक्राउ परेका छन् । उच्च अदालत पाटनको गत २०७६ मंसिर २३ गतेको फैसलाले ९ दिन कैद र १० लाख जरिवाना सुनाए पछि फरार रहेका कृष्णलाल ढोला पक्राउ परेका हुन् । भक्तपुर नगरपालिका वडां. ५ मा बस्दै आएका उनी बैंकिङ कसूर मुद्दाका कारण फरार भएका थिए ।
उक्त फरार ढोलालाई निज प्रतिवादी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार ३ गते अनामनगर काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेका छ । प्रतिवादी कृष्णलाल ढोलाले आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानी जानी जाहेरवाला सुभ कुमारी मगरलाई ज्योति विकास बेंक ललितपुर शाखाको चेक काटि दिएको थियो । बैंकबाट खातामा पर्याप्त मौज्दात रकम नभएको कारण उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै