prabhu

सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना प्रवल, को बन्छ अबको नयाँ गभर्नर ?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आज (जेठ ५ गते) साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

यस बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समितिबाट तीन जनाको नाम प्राप्त भएको जानकारी भने प्राप्त भएको छैन। यद्यपि, समितिले गभर्नर चयनका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढाएको छ।

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य रहेका छन्। यस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ। तीन जनामध्ये डेपुटी गभर्नरमध्येबाट एक जनाको नाम सिफारिस गर्नुपर्नेछ। समितिले सिफारिस गर्ने तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर पदमा नियुक्त गर्नेछ।

गभर्नरका लागि डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले दौडधुप बढाएका छन्। उनीहरु दुवै जना एमाले निकट छन्। राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठलाई बलियो दाबेदारका रुपमा हेरिएको छ। भट्ट कांग्रेस र श्रेष्ठ एमाले निकट छन्। कांग्रेस र एमालेबीच गभर्नर नियुक्तिका लागि सहमति भएको समाचार सार्वजनिक भएको छ।

यसैबीच, आजको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिबाट तीन जनाको नाम प्राप्त नगरेको अवस्थामा समितिको बैठक बसेर सिफारिस लैजान सक्ने सम्भावना पनि देखिन्छ। यसअघि नै सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेबीच डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको खबरहरु सार्वजनिक भइसकेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै