prabhu

ऋण कम गर्न नसकेपछि अमेरिकाको क्रेडिट रेटिङ घट्यो, राष्ट्रिय ऋण ३६.२ ट्रिलियन डलर पुग्यो, रेटिङ घटाउनुको कारण के ?

काठमाडौँ। ऋण कम गर्न नसकेपछि अमेरिकाको क्रेडिट रेटिङ घटेको पाइएको छ। क्रेडिट रेटिङ एजेन्सी मुडिज इन्भेस्टर्स सर्भिसले अमेरिकाको क्रेडिट रेटिङ ‘एएए’ बाट घटाएर ‘एए १’  मा झारेको हो ।

यो रेटिङ घटाउनुको मुख्य कारण अमेरिकी सरकारको बढ्दो ऋण, वित्तीय घाटा र ब्याज भुक्तानीमा आएको वृद्धि रहेको अमेरिकी संचार मध्यमहरूले जनाएका छन् ।

हाल अमेरिकाको राष्ट्रिय ऋण ३६.२ ट्रिलियन डलर पुगेको छ। मुडिजले पहिलो पटक सन् १९१९ मा अमेरिकालाई उत्कृष्ट ‘एएए’ रेटिङ दिएको थियो ।

विश्वका ३ मुख्य क्रेडिट एजेन्सीहरु मध्ये अमेरिकाको रेटिङ डाउनग्रेड गर्ने मुडिज अन्तिम एजेन्सी हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै