DISH HOME

१३ खर्बमै सीमित अन्तर बैंक कारोबार, अघिल्लो वर्षभन्दा निकै कम

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा (चैत मसान्तसम्म) बैंकहरूले आपसमा गरेका अन्तर बैंक कारोबारमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, सो अवधिमा वाणिज्य बैंकहरूले १३ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन्।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको कारोबार ९३१ खर्ब ८६ अर्ब ४४ करोड रुपैयाँ०को तुलनामा निकै कम हो। यसले बैंकिङ क्षेत्रको तरलता अवस्था र अन्तर बैंक निर्भरता घटिरहेको संकेत गर्छ।

यस्तै, अन्य वित्तीय संस्थाहरूबीच भएको कारोबार (वाणिज्य बैंक बाहेक) १४ खर्ब ८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। वाणिज्य बैंक र अन्य संस्थाबीचको कारोबार जोड्दा कुल अन्तर बैंक कारोबार १५ खर्ब १२ अर्ब १२ करोड रुपैयाँमा पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा भने यो आँकडा झन्डै ३५ खर्ब ८ अर्ब रुपैयाँ थियो। त्यतिबेला वाणिज्य बैंकहरूमात्रकै कारोबार ३१ खर्ब ८६ अर्बभन्दा बढी थियो भने अन्य संस्थाहरूको ३२ खर्बभन्दा धेरै पुगेको थियो।

यस वर्षको घट्दो कारोबारले बैंकहरूबीचको तरलता अवस्था सहज बन्दै गएको, वा अन्तर बैंक ऋणप्रति निर्भरता कम भएको संकेत दिन सक्छ, जुन आर्थिक दृष्टिले मिश्रित संकेत मानिन्छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै