DISH HOME

‘घरजग्गा व्यवसायमा देखिएको समस्याका कारण बैंकहरुको खराब कर्जा बढ्यो’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले घरजग्गा व्यवसायमा देखिएको समस्याकै कारण बैंकहरुको खराब कर्जा बढेको बताएका छन् । काठमाडौँ  सिटिसी महलमा मिडिया इन्टरनेशनलको विजनेश स्टुडियोको उद्घाटन क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विगत ३ वर्षदेखि घरजग्गा व्यवसायमा समस्या आएकै कारण बैंकहरुको खराब कर्जा ५ प्रतिशतमाथि पुगेको बताएका छन्।

उनले भने, ‘उद्योगी व्यवसायीहरूले नेपालको अर्थतन्त्रको सुस्त गतिका कारण उच्च ब्याजदरको सट्टा आत्मबलको कमीलाई मुख्य कारण ठानिरहेका छन्। हालको ८ प्रतिशत भन्दा कम ब्याजदरमा पनि बैंकमा ५ देखि ६ खर्ब रुपैयाँ थुप्रिएको छ।  तर व्यवसायीहरूले ऋण लिन इच्छुक छैनन्। यसका कारण उद्योगहरू ३० देखि ४० प्रतिशत मात्र क्षमतामा सञ्चालन भइरहेको छ।’

घरजग्गा व्यवसायमा देखिएको समस्याकै कारण बैंकिङ क्षेत्रमा सिँधै असर परेको उनको भनाइ छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै