PRABHU BANK

लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको विजेताहरु घोषणा

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको विजेताहरु घोषणा भएको छ । यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउड सोर्सिङ् प्रतियोगिता हो । माई मोबाईल मनि प्रतियोगितामा विभिन्न ५ वटा शिर्षकमा सहभागीहरुले प्रत्येक शिर्षकमा ३ मिनेटसम्मको कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो ।
प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ताका आधारमा पहिलो शिर्षक बिल भुक्तानीको विजेता १ मा विराटनगरका लंकेश दंगल र भक्तपुरका मदिन्प बिखुन्चे भएका छन् । यस्तै दोस्रो शिर्षक बिल भुक्तानी २ पोखराका विकास त्रिपाठी र तेस्रो शिर्षक कार्ड सेवा काठमाडौंका सन्तोस शाक्यले जितेका छन् ।
चौथों शिर्षक कार्डरहित नगद निष्कासनको विजेता भरतपुरका भुवन तिवारी भएका छन् भने पाँचौं शिर्षक नगद ट्रान्स्फरको विजेता मुस्ताङका छेवाङ गुरुङ भएका छन् । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजार गरी कूल २ लाख ५० हजारसम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरुबाट २५० भन्दा बढी भिडियोहरुबाट ६ वटा भिडियो विजेता बनेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै