prabhu

राष्ट्र बैंकलाई नटेर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंक कारवाहीमा, १४ करोड स्वाहा !

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । नियामकीय प्रावधान मिचेकोमा केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकमाथि कारवाही गरेको हो।

जसअनुसार बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६. ८७ रुपैयाँ जरिवाना गरिएको छ।

राष्ट्र बैंकका अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुस महिनासम्म तोकिएको क्षेत्रगत कर्जाको न्यूनतम सीमा पूरा नगरेकोले नगद जरिवाना गरिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गरेकाले नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंक सहित पाँच वाणिज्य बैंकलाई कारवाही गरेको छ।

यो त्रैमासमा पहिलोपटक कारवाहीमा परेका अन्य बैंकहरूमा नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै