prabhu

देवेन्द्र रमण सिइओ भएको केही समयमै राष्ट्रिय वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, गरेछन् यस्तो बदमासी (सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको छ । देवेन्द्र रमण सिइओ भएको केही समयमै राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको हो ।

बैंकले राष्ट्र बैंकको नियम उल्लंघन गरेको पाइएपछि बैंक कारवाहीमा परेको हो । कर्जाको भाखा नाघेको अवधिका आधारमा कर्जा वर्गीकरण नगरेको, राष्ट्र बैंकको नीति उल्लंघन गरेको, कर्जा नोक्सानी व्यवस्था तथा जोखिम भार गणनामा लापरवाही गरेको पाइएपछि राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको छ।

राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पहिलो पटकका लागि सचेत गराएको हो।

बैंकबाट जारी चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको नपाइएकोले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको छ। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै