DISH HOME

एनएमबि बैंक र कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, इच्छुक व्यक्ति तथा संस्थाहरूले पनि निवेदन दिन पाउने

काठमाडौं । एनएमबि बैंक र कामना सेवा विकास बैंकको कुल १ लाख २६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरिएको छ।

बिक्रीमा राखिएको सेयरमध्ये एनएमबि बैंकका ८६ हजार ७११ कित्ता र कामना सेवा विकास बैंकका ४० हजार कित्ता सेयर रहेका छन्।

एनएमबि बैंकको सेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् भने कामना सेवा विकास बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूले पनि निवेदन दिन पाउनेछन् ।

एनएमबि बैंकको सेयर खरिदका लागि १५ दिनभित्र आवेदन दिनुपर्नेछ, जुन काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा पेश गर्न सकिनेछ।

कामना सेवा विकास बैंकको सेयर खरिदका लागि भने वैशाख २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, र लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढीमा बोलकबोल गर्नुपर्नेछ।

कामना सेवाको सेयर खरिदका लागि सम्पूर्ण ४० हजार कित्तामाथि आवेदन दिनुपर्नेछ र बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा बुझाउनु पर्नेछ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै