सुन खरिद सिफारिसमा शुल्क लिन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकमार्फत सुन खरिदको सिफारिस दिने क्रममा कुनै पनि शुल्क असुल्न नपाइने स्पष्ट पारेको छ।

आज जारी गरिएको सूचनामार्फत केन्द्रीय बैंकले सुन व्यवसायीहरूको संघ तथा महासंघलाई यस्तो सिफारिसमा दस्तुर लिने कार्य अवैधानिक हुने बताएको हो।

सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ अनुसार व्यवसायीहरूलाई सिफारिस दिने प्रक्रियामा कुनै शुल्क लिन नपाइने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले संघ, महासंघ र व्यवसायीहरूलाई यो प्रावधान कडाईका साथ पालना गर्न आग्रह गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्