DISH HOME

विद्युतीय सवारीसाधनमा अधिकतम ६० प्रतिशतसम्म मात्रै ऋण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी)मा अधिकतम ६० प्रतिशतसम्म मात्रै ऋण उपलब्ध गराउन निर्देशन दिएको छ। यो निर्देशन हायर पर्चेज कर्जा दिने कम्पनीहरूका लागि हो।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरूलाई स्वीकृति दिने नीति तथा प्रक्रियागत व्यवस्था, २०७० लाई पाँचौँ संशोधन गर्दै यो नयाँ व्यवस्था ल्याएको हो। संशोधित नियमअनुसार अब विद्युतीय सवारीसाधन र व्यक्तिगत प्रयोगका अन्य सवारीसाधनमा ऋण मूल्य अनुपात अधिकतम ६० प्रतिशत सीमित गरिएको छ। यसअघि यो सीमा ८० प्रतिशतसम्म थियो।

यद्यपि, अन्य प्रकारका सवारीसाधनका हकमा भने कम्पनीहरूले ८० प्रतिशतसम्म कर्जा दिन सक्नेछन्।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरिएको निर्णयअनुसार यो नयाँ व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ। अब हायर पर्चेज कर्जा दिने कम्पनीहरूले यही अनुसार कर्जा प्रवाह गर्नुपर्नेछ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै