prabhu

एनएमबि बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउने, बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटललाई

काठमाडौँ। एनएमबि बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक रुपमा जारी गर्ने तयारी गरेको छ। बैंकले ‘एनएमबि पावर बोन्ड-१’ नामक ऋणपत्र ल्याउन लागेको हो।

जसका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति मागिसकेको छ। सेबोनबाट स्वीकृति प्राप्त भएपछि बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरमा कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

जारी गरिने कुल इकाइमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ।

सात वर्ष अवधि हुने यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै