prabhu

राष्ट्र बैंकको ‘रडाको’: ओलीको दबाबपछि निलमले गरिन् भट्टको राजिनामा स्वीकृत

काठमाडौँ। सरकारले नेपाल राष्ट्र बैंकलाई लामो समयदेखि कायम मुकायम (कामु) गभर्नरको भरमा सञ्चालन गरिरहेको छ। कानुनअनुसार गभर्नर पद खाली हुनु एक महिना अगाडि नयाँ नियुक्ति गर्नुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रिया अगाडि नबढाएको आरोप लागेको छ।

चैत २५ गतेदेखि बैंक कामु गभर्नरको नेतृत्वमा छ।  जबकी फागुन २२ गते गठन भएको सिफारिस समिति अहिलेसम्म बैठक बस्न सकेको छैन। ओलीको दबाबपछि कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजिनामा स्वीकृत गरेकी छन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकको १८ औँ गभर्नर कांग्रेस निकट व्यक्तिलाई बनाउने सहमति भइसकेको छ। प्रहरी महानिरीक्षकको बढुवा पनि यही सहमति अनुसार अघि बढाइएको छ।

सरकारको ढिलासुस्ती र भागबन्डा राजनीतिको आलोचना भइरहेका छन्।  जसले देशको आर्थिक स्थायित्वमा असर पार्न सक्ने चिन्ता बढेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै