PRABHU BANK

बैंक अफ काठमाण्डूद्धारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको हो ।
बैंकका संचालक प्राडा. हेमराज सुवेदीले एक कार्यक्रमका बीच उक्त सेतो छडी अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् । बैंकले हस्तान्तरण गरेको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै