PRABHU BANK

प्रभ बैंकले गर्यो महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity)कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला,खुम्बु पासाङल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।
बुधबार सम्पन्न एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ । कोभिड-१९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आयआर्जनबाट बिमुख हुनपुगेका महिला ट्रेकिङ उद्यमीहरुलाई ट्रेकिङको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्ना उद्यम व्यवसायलाई पुन : सुचारु गर्दै जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै