PRABHU BANK

सेञ्चुरी बैंकको नयाँ शाखारहित बैंकिङ सेवा रुपन्देहीमा, सुनिता कलवार जैसवालद्धारा उद्घाटन

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा लयाएको छ । बैंकले रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनामा ल्याएको हो ।
उक्त शाखारहित बैंकिङ सेवाको शुभारम्भ मार्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवार जैसवालले गरेकी हुन् । बैंकले हालसम्म १ सय २० शाखा कार्यालय, ८८ एटिएम, १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङमार्फत आफ्ना सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै