- बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः सुनिल केसी नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई बैंकले २०७३ साल चैत १ गते देखि लागु हुने गरी पहिलोपटक बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । केसी त्यसअघि बैंकको डेप्युटी सिइओ पदमा कार्यरत थिए ।
केसीले सन् १९९० मा स्ट्याण्डर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । त्यसपछि उनी १ वर्ष तत्कालिन एनआइसी बैंकमा आवद्ध भएका थिए । त्यसको केहि समयपछि नै केसी पुनः स्ट्याण्डर्ड चाटर्ड बैंकमै फर्किए । दुई पटक गरेर उनले स्ट्याण्डर्ड चाटर्ड बैंकमा १८ वर्ष काम गरेका थिए । एनएमबी बैंकमा भने उनी १२ वर्ष अघि डिजिएमका रुपमा प्रवेश गरेका थिए र जीएम, डेप्युटी सिईओ हुँदै हाल सिईओका रुपमा काम गरिरहेका छन् । केसीले भारतबाट एमबीए गरेका छन् । केसीसँग ट्रेजरी, कर्पोरेट बैकिङ, फाइनान्स, अपरेशन लगायत क्षेत्रमा काम गरेको बढी अनुभव छ ।