PRABHU BANK

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको क्युआर कोडमार्फत ई-रिक्साको भाडा भुक्तानी सुरु

Shine Resunga Development Bank
  • बैंकिङ संसार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले क्युआर कोडबाट ई-रिक्साको भाडा भुक्तानी सुरु गरेको छ । बैंकले बिहिबार नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालको उपस्थितिमा ई-रिक्सा संघमा आवद्ध ई-रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । उक्त अवसरमा डिजिटल बैकिङको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सुविधायुक्त बनाई डिजिटल बैंकिङको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनु पर्ने बताए ।
यस्तै ई-रिक्सा चालक संघ सिद्धार्थनगरका अध्यक्ष हरीबहादुर नेपालीले डिजिटल कारोबारले आफुहरुलाई उत्साहित पारेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ डिजिटलाईजेसन तर्फ अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने हुँदा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले डिजिटल सेवाहरु निरन्तर विस्तार गर्दै ग्राहकमैत्री सेवाहरु ल्याई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै