PRABHU BANK

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक

Garima bikas bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा सजिलो अटो लोन’सार्वजनिक गरेको छ । बैंकले कर्जा प्रवाह रणनितीलाई थप आक्रमक बनाउँदै न्युनतम वार्षिक ८.७५ प्रतिशत व्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको हो । यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८० प्रतिशतसम्म अधिकतम १० बर्षको लागी कर्जा प्रवाह गर्ने भएको छ ।
आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकले ३५ जिल्लामा १ सय ६ शाखा कार्यलयहरु र ५१ एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै