गभर्नरको लडाई क्लाईमेक्समा, भट्टले दिएको राजिनामा निलमले स्वीकार गरिनन् !

काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजिनामा कामु गभर्नर नीलम ढुंगानाले स्वीकृत गर्न अस्वीकार गरेकी छिन् । गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानाले अस्वीकार गरेकी हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘तिम्रो गभर्नर पद कन्फर्म भईसक्यो’ भनेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले पदबाट राजीनामा दिएका छन् । सोहि राजिनामा स्वीकृत गर्न ढुंगानाले अस्वीकार गरेकी हुन् ।

कामु गभर्नरले राजीनामा स्वीकृत गर्न अस्वीकार गरेपछि गभर्नरको लडाई क्लाईमेक्समा पुगेको छ।

यता आफु गभर्नर बन्ने पक्का भएपछि राजीनामा पत्र बोकेर भट्ट वैशाख ५ गते बिहान साढे १० बजे गभर्नरको कार्यकक्षमा पुगेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Top 7 banking news
loan
governer