prabhu

देउवाले ‘तिम्रो गभर्नर पद कन्फर्म भईसक्यो’ भनेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजिनामा !

काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले ‘तिम्रो गभर्नर पद कन्फर्म भईसक्यो’ भनेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले पदबाट राजीनामा दिएका हुन्।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार महाप्रसाद भट्ट नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बन्ने लगभग निश्चित भएको छ।

गभर्नर सिफारिसका लागि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समिति गठन भइसकेको छ। जसमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन्। समितिले भट्टसहित ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ।

यता, सत्ता साझेदार एमाले र कांग्रेसबीच लामो छलफलपछि देउवाको प्रस्तावमा ओलीले समर्थन जनाउँदै कांग्रेसको भागमा गभर्नर दिने सहमति भएको हो। साथै, गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्टले बाजी मार्ने निश्चित देखिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै