बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक, वैशाख ३ गतेसम्म आवेदन दिनुपर्ने !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो।

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सो रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा लगानी गर्ने जनाएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ७७ करोड ६० लाख रुपैयाँ, विकास बैंकहरूमा १४ करोड ५५ लाख रुपैयाँ, र वित्त कम्पनीहरूमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको हो।

उक्त लगानी ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म ३६६ दिनको अवधिका लागि हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आवेदन आगामी वैशाख ३ गतेसम्म दिन सक्ने व्यवस्था गरिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्