नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौँ। नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा नबिल बैंक सम्मानित भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५९औँ वार्षिक साधारणसभामा बैंकलाई सम्मान गरेको छ ।

उक्त सम्मानपत्र प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु सिइओ मनोजकुमार ज्ञवालीलाई प्रदान गरेका हुन् ।

नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बीमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै