DISH HOME

कर्जा प्रवाहमा बैंकहरूको चरम लापरवाही, आवश्यक कागजपत्र बिनै बैंकहरूले कर्जा प्रवाह गरे !

काठमाडौँ । बैंकहरुले गत वर्ष प्रवाह गरेको कर्जामा निगरानी नगरेको पाइएको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको अध्ययनका क्रममा बैंकहरुले गत वर्ष प्रवाह गरेको कर्जामा निगरानी नगरेको पाइएको हो ।

बैंकको सन् २०२३-२४ को सुपरिवेक्षण प्रतिवेदनले केही बैंकहरुले कर्जा सुविधाको प्रयोग र त्यसको प्रभाव र प्रतिफलबारे निगरानी नगरेको देखाएको छ।

बैंकबाट कर्जा प्रवाह भएपछि सोको प्रयोगबारे निगरानी गर्ने संयन्त्र बनाउन बैंकहरु चुकेको राष्ट्र बैंकको निष्कर्ष छ।

साथै, बैंकहरुले कर्जा प्रवाह  गर्दा चाहिने आवश्यक कागजपत्र बिनै र उपलब्ध कतिपय कागजात अपडेट नगरेरै  कर्जा दिएको राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको अध्ययनले देखाएको छ।

बैंकहरुले एकीकृत निर्देशनविपरीत गएर कर्जाको प्रयोगबारे आवश्यक अनुसन्धान नगरी उद्देश्यविपरीत गएका कर्जालाई पनि पासलोनको रुपमा राखेको, व्यक्तिगत ऋणअन्तर्गत रहेर ५० लाखभन्दा बढीको ऋण विना उद्देश्य प्रवाह गरेको लगायतका कमजोरी सो प्रतिवेदनले देखाएको छ ।

योसँगै केही बैंकहरुले लेखापरीक्षण नियुक्तिमासमेत लापरबाही गरेको प्रतिवेदनमा उल्लेख छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै