prabhu

कामना सेवा विकास बैंकले सम्पन्न गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘विश्व वित्तीय सप्ताह २०२५’ ग्लोबल मनी वीकको अवसरमा विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने आर्थिक सहयोग र विकास संगठनको संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ मा सम्पन्न भएको छ ।

बैंकले ग्लोबल मनी वीकको अवसरमा विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक सामाग्रीहरु प्रसारण गरेको छ ।

बैंकको सातै प्रदेशद्धारा देशका विभिन्न विद्यालयमा नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त प्रशिक्षकद्वारा वित्तीय साक्षरता कार्यक्रम गर्दै देशव्यापी २५०० भन्दा बढी विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

साथै, स-साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जिवनयापन सहज बनाउन सकिने, व्यक्तिगत बजेट निर्माण गरि खर्च गर्ने बानीको थालनी गर्नुपर्ने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै