DISH HOME

सिटिजन्स बैंकको २००औँ शाखा सञ्चालन, बैंकिङ कारोबार सुरु

काठमाडौँ । सिटिजन्स बैंकले २००औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका १ मा २००औँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाको सञ्चालनसँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरूको संख्या २८ पुगेको छ । शुक्रबार उक्त शाखा कार्यालयमार्फत् बैंकिङ कारोबारको सुरु गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहनेसमारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।

सुविधासम्पन्न यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै