DISH HOME

विद्यार्थीको पाठ्यक्रममा वित्तीय शिक्षा जोड्ने तयारीमा राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालयस्तरको पाठ्यक्रममा वित्तीय शिक्षा जोड्न लागेको बताएका छन् । वित्तीय शिक्षा विद्यार्थीहरूका लागि धेरै नै आवश्यक रहेको भन्दै राष्ट्र बैंकले पाठ्यक्रममा नै वित्तीय शिक्षा जोड्न लागेको बताएका हुन् ।

राष्ट्र बैंकको आयोजना सुरु भएको ग्लोबल मनी वीक कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले बैंकहरूमा सञ्चालनमा रहेका खातालाई सक्रिय राख्न पनि ग्लोबल मनी वीकले सहयोग गर्ने बताएका छन् ।

उनले भने, ‘मनी वीकले ज्ञान बढाउँछ, व्यक्तिगत रूपमा पनि सुरक्षित हुने हुँदा राज्यलाई नै यसको प्रभाव पर्छ, विद्यालयको पाठ्यक्रममा नै पनि वित्तीय शिक्षा जोड्न लागेका छौँ, हामीले पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया पनि गरेका छौँ ।’

उनले बैंकमा विभिन्न किसिमका प्रडक्ट हुने भन्दै कर्जा लिने समयमा पनि बुझेर लिनुपर्ने बताएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै