DISH HOME

‘राष्ट्र बैंकका गभर्नर बिदामा भन्दै भ्रम छर्ने गरी समाचार आयो’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘गभर्नर बिदामा’ भन्दै भ्रम छर्ने गरी समाचार आएको बताएका छन् । महिला आर्थिक पत्रकारहरूका लागि आयोजना गरिएको तालिमको उद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन्।

गभर्नर अधिकारीले आफु अफिस गइरहेको बेला पनि ‘गभर्नर बिदामा’ भन्दै भ्रम छर्ने गरी समाचार प्रकाशन भएकोमा गुनासो व्यक्त गरेका छन् ।

उनले यस्तो समाचारका कारण सर्वसाधारणमा भ्रम सिर्जना हुने भएकोले सही समाचार प्रकाशन गर्न आग्रह गरेका छन् ।

गभर्नर अधिकारी २०७६ चैत २४ गते ५ वर्षको लागि गभर्नर नियुक्त भएका थिए । उनको पाँच वर्षे कार्यकाल आउँदो चैत्र २४ गते सकिँदैछ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै