काठमाडौँ । कृषि विकास बैंकले मोबाइल बैंकिङ एपमार्फत ‘नयाँ फण्ड ट्रान्सफर’ सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत ‘नयाँ फण्ड ट्रान्सफर’ सुविधा सञ्चालनमा ल्याएको हो ।
बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन नेपाल पेमेन्ट सोलुसन्ससँगको सहकार्यमा नयाँ सुविधा सुरु गरेको जनाएको छ ।
बैंकका अनुसार नयाँ सेवामार्फत ग्राहकहरूले मोबाइल नम्बर वा बैंक खाता नम्बर प्रयोगगरी सहज रूपमा रकम ट्रान्सफर गर्न सक्नेछन्। बैंक खाताहरू र डिजिटल वालेटहरूबीच हुने कारोबारलाई छिटो, सुरक्षित र सहज बनाउन नयाँ प्रणाली लागू गरिएको हो।
बैंकले ग्राहकलाई दुई तरिकाबाट रकम ट्रान्सफर गर्ने सुविधा उपलब्ध गराएको छ। पहिलो तरिकामा प्राप्तकर्ताको बैंक खातासँग जडान भएको मोबाइल नम्बर प्रयोग गरी भुक्तानी गर्न सकिनेछ भने दोस्रो तरिकामा प्राप्तकर्ताको बैंकको नाम, खाता नम्बर, र खातावालाको नाम प्रविष्ट गरेर रकम स्थानान्तरण गर्न सकिनेछ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत छिटो र सुरक्षित फण्ड ट्रान्सफर सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।