PRABHU BANK

सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने फागुन १९ गते बुधबारअन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण फागुन १९ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।
कम्पनीको फागुन ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ९औं वार्षिक साधारणसभा चैत्र ५ गते बिहीबार बोगनभिल्ला इभेन्टस त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुने भएको छ । सभामा संस्थाको पुस २७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीका सेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने भएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।
यसका साथै सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने भएको छ । साथै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै