काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे हाे ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६० करोड ११ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २० करोड ३ लाख रुपैयाँ लगानी गर्ने भएकाे छ ।
यो रकम ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । साथै, यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्नेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले फागुन २० गतेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।