काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्लो समय बैंकको जागिर छोड्नेहरु बढ्दै गएको बताएका छन् । उनले उडान शैक्षिक केन्द्रको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
बैंकहरूमा १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारण पछिल्लो समय बैंकको जागिर छोड्नेहरु बढ्दै गएको थापाले बताएका हुन् ।
उनले बैंकको जागिर छाड्ने प्रवृत्ति रोक्नका लागि नयाँ प्रविधि र सीपहरूको प्रयोगमा वृद्धि गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।
योसँगै पूर्व कार्यकारी निर्देशक थापाले बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र प्रविधिको प्रयोगमा बैंकहरूले प्राथमिकता दिनुपर्ने बताएका छन् ।