PRABHU BANK

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने

Jeevan Bikas Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ७० लाख रुपैयाँ बराबरको १९ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले निष्काशन गर्ने आईपीओको लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ रेटिङ पाएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिइसकेको छ । आइपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै