काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बैतडी, पाटन नगरपालिका वडा नं ०२ घर भई हाल जिल्ला काठमाडौँमहानगरपालिका वडा नं ०९ गौशाला बस्ने ३० वर्षीय विनोद पन्त रहेका छन् ।
पन्त विगो रकम एक करोड चालिस लाख रुपैयाँ बैंकिङ कसूर मुद्दामा फरार रहेका थिए । माईली तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिनोद पन्तलाई प्रहरीले खोजी गरीरहेको थियो ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ ३० गते पुतलीसडकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पन्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।