काठमाडौँ । एनआईसी एशिया बैंकको एटिएम मेसिन फोड्ने प्रयास भएको छ । बैंकको काठमाडौँको थापा गाउँस्थित एटिएम मेसिन माघ ८ गते राती करिब ११ बजे फोड्ने प्रयास भएको प्रहरीले जनाएको हो ।
एटिएम मेसिन फुटाएर चोरीको प्रयास गर्ने एक जनालाई प्रहरी वित्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।