वाणिज्य बैंकहरुको खराब कर्जा बढ्यो, सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको, सबैभन्दा कम एभरेष्ट बैंकको !

काठमाडौँ । वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुको औसत खराब कर्जा २८.१५ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्ष ३.०२ प्रतिशत रहेको बैंकहरुको औसत खराब कर्जा (एनपीएल) बढेर ३.८७ प्रतिशत पुगेको छ। समीक्षा अवधीसम्म ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहँदा दुई वटा बैंकको ३ प्रतिशतभन्दा माथि रहेको छ भने ५ वटा बैंकको खराब कर्जा १ प्रतिशतभन्दा माथि रहेको छ।

यस अवधीमा सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको देखिएको छ। यस बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसमा भने बैंकको खराब कर्जा ४.९७ प्रतिशत रहेको थियो।

त्यस्तै, दोस्रोमा सबैभन्दा धेरै खराब कर्जा लक्ष्मी सनराइज बैंकको देखिएको छ। यस बैंकको खराब कर्जा ५.६७ प्रतिशत पुगेको छ। तेस्रोमा सबैभन्दा धेरै खराब कर्जा प्रभु बैंकको बढेर ५.०६ प्रतिशत पुगेको छ ।

यता, एभरेष्ट बैंकको भने सबैभन्दा कम खराब कर्जा रहेको छ। यो बैंकको ०.६६ प्रतिशत मात्र खराब कर्जा रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्