prabhu

च्यातिएको, मकिएको र गलेको नोट अब राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाट साट्न सकिने

काठमाडौँ । च्यातिएको, मकिएको र गलेको नोट अब राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाट साट्न सकिने भएको छ ।  नेपाल राष्ट्र बैंकले झुत्रो नोट सटही सम्बन्धी व्यवस्थाको बारेमा जानकारी दिएको छ ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि मंगलबार एक सूचना जारी गर्दै नोटलाई चाँडै झुत्रो हुनबाट बचाउन नोटको जतन गर्न सर्वसाधारणलाई सचेत गराउँदै झुत्रो नोट सटही सम्बन्धी व्यवस्थाको बारेमा जानकारी दिएको हो ।

उक्त सूचनामा भनिएको छ, ‘आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र नोट कोष सञ्चालन गर्ने वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड) बाट साट्न सकिन्छ ।’  राष्ट्र बैंकले जारी घरेको सूचना हेर्नुहोस्:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै