काठमाडौँ । नेपाल बैंकका ग्राहकहरूलाई बुद्ध एयरमा विशेष छुट हुने भएको छ । बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसको शुल्कमा छुट हुने भएको हो ।
बैंक र बुद्ध एयरबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई टिकटमा ८ प्रतिशत र कार्यरत कर्मचारीहरुलाई कार्गो सर्भिसमा ३० प्रतिशत छुट हुने भएको छ ।
यस छुट सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रूपेश जोशीले हस्ताक्षर गरेका छन्।