PRABHU BANK

बैंकहरुको निक्षेप संकलन घट्यो, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको  निक्षेप संकलन एकैदिन २ अर्ब रुपैयाँले घटेको हो।

पुस १९ गते ६६ खर्ब ८१ अर्ब निक्षेप संकलन भएको बैंकहरूको पुस २० गते ६६ खर्ब ७९ अर्ब निक्षेप संकलन भएको छ ।

यता, वाणिज्य बैंकहरुको पनि निक्षेप संकलन एकैदिन १ अर्ब रुपैयाँले घटेको छ। पुस १९ गते ५९ खर्ब ४२ अर्ब निक्षेप संकलन भएको बैंकहरूको पुस २० गते ५९ खर्ब ४१ अर्ब निक्षेप संकलन भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको औसत सिडी रेसियो ७९.०२ प्रतिशत छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै