PRABHU BANK

ऋण उठाउन लघुवित्तका कर्मचारीहरु ऋणीको घरमा जान नपाउने, अनावश्यक फोन नगर्न आग्रह !

काठमाडौँ । लघुवित्तका कर्मचारीहरु ऋणीको घरमा जान नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त सञ्चालन मार्गनिर्देशन जारी गर्दै अबदेखि लघुवित्तका कर्मचारीहरुलाई ऋण उठाउन ऋणीको घर नजान आग्रह गरेको हो ।

राष्ट्र बैंकले कर्जा असुली गर्दा लघुवित्त वित्तीय संस्थालाई ऋणीमाथि ज्यादती नगर्न निर्देशन दिएको छ । योसँगै राष्ट्र बैंकले ऋण असुलीका नाममा ऋणीलाई अनावश्यक फोन नगर्न समेत निर्देशन दिएको हो ।

तर, अब ऋणी समूह बैठक वा कार्यालयमा तीन पटकभन्दा बढी समय अनुपस्थित भए मात्रै लघुवित्तका कर्मचारी ऋणीको घरमा जान पाउनेछन् । यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै