काठमाडौँ । शाइन रेसङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल पुन: निर्वाचित भएका छन् । उनलाई बैंकको पौष १९ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले पुन: अध्यक्ष पदमा निवाचित गरेको हो ।
बैंकको सञ्चालक समिति सदस्यमा क्रमशः सुरज उप्रेती, बिरेन्द्र भुसाल, बिरेन्द्र भुसाल, नम्रता भण्डारी र हिमाल भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तै, सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ हुन् । बाँकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् ।