काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा हुने अन्तरबैंक कारोबार घटेको छ। चालु आर्थिक वर्ष २०८१-८२ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा ५ खर्ब ३२ अर्ब ३० करोडको अन्तरबैंक कारोबार भएको हो ।
यस अवधिमा वाणिज्य बैंकहरुको ४ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुबीच ६१ अर्ब ३८ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको छ ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा कुल १९ खर्ब ५८ अर्ब ८६ करोडको अन्तर बैंक कारोबार भएको थियो।
जसमा वाणिज्य बैंकहरुको १७ खर्ब ४३ अर्ब ९४ करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ कारोबार भएको थियो।