PRABHU BANK

चिडियाखानाको प्रवेश शुल्क भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चिडियाखानाको प्रवेश शुल्क भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था गरेको छ। बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरुलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरेको हो।

एनआईएमबी बैंकले उक्त टिकट भुक्तानीको लागि डिजिटल माध्यमको व्यवस्था गरेसँगै अनलाइन भुक्तानी सम्भव भएको हो । यो व्यवस्था सुरू भएसँगै अब नेपालको एक मात्र सदर चिडियाखाना जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ।

साथै, अवलोकनकर्ताहरुले आफ्नो मोवाइल बैंकिङबाट क्युआर कोड स्क्यानको माध्यमवाट सहज भुक्तानी गरी प्रबेश टिकट प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै