PRABHU BANK

राष्ट्र बैंकद्वारा निर्देशन संशोधन: भुक्तानी सेवा प्रदायकले आधिकारिक प्रतिनिधिमार्फत सेवा दिन सक्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले एजेन्टमार्फत गर्दै आएको कारोबार अब आधिकारिक प्रतिनिधिमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० को संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालक समितिबाट नीतिगत व्यवस्था गरी आधिकारिक प्रतिनिधि नियुक्त गरी भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

त्यस्तै, भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक प्रतिनिधिमार्फत प्रति दिन अधिकतम २५ हजार रुपैयाँसम्म र प्रतिमहिना अधिकतम १ लाख रुपैयाँसम्म नगद जम्मा गर्न सक्नेछन्।

साथै, ग्राहकले माग गरेको अवस्थामा आधिकारिक प्रतिनिधिमार्फत प्रति महिना रु २५ हजारभन्दा बढी नहुने गरी प्रति दिन रु ५ हजारसम्म नगद प्राप्त गर्न सक्नेछन् । यसप्रकारको कारोबार बैंक तथा वित्तीय संस्थाको एटिएममार्फत समेत गर्न सकिनेछ । बाँकी सूचनामा हेर्नुहोस्: 

nepal rastra bank notice

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै