PRABHU BANK

बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४० करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४५ करोड रुपैयाँ तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा १५ करोड रुपैयाँ लगानी गर्न लागेको छ ।

यो रकम ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले मंसिर २३ गतेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै